बेस बलको पहिलो प्रतक्ष्य अनुभव

August 16, 2011

पहिलो पटक बेस बल खेल हेर्न गएँको थिएँ, टोक्यो डोममा । हुन त फुकुवोका बस्दा हेर्ने मौका भने नआएका होईनन् तर जहिलपनि काम गर्नुपर्ने हुँदा सित्तैमा टिकट पाएपनि जानसक्ने स्थिति भने थिएन । यसपाली सँगै काम गर्ने सिनियरहरुसँग टोक्यो डोम जाने मौका पाएँ । हामी मियाजाकीको तर्फबाट जाएन्ट(क्योजिन)टिमलाई सपोर्ट गरेका थियौं । र जायन्टले बिजय हाँसिल पनि गर्यो । रमाईलो हुँदोरहेछ सबै साथीहरुसँग बसेर हेर्दा ।

एउटा भिन्दै नौलो अनुभब लिईयो । डोम भित्र छिर्दा सबैजना टिकट लिएर एकदम अनुशासित र नियम बमोजिम लगाम लागेर बसेका थिए । सुरक्षाकर्मीहरुले पनि आफ्नो कर्तब्य अनुसार सुरक्षाको लागी सबैलाई चेक गर्दथे ।  नेपालमा बिरललै खेलिने  बेसबल मेरो लागि एउटा नयाँ रुचिको विषय बन्यो । हुन त म बिगत एक वर्षदेखि कम्पनिकै सफ्टबल क्लबमा रहेर कहिलेकहिं सफ्टबल खेल्न जाने गर्दछु । यी दुबै खेल उस्तैउस्तै देखिएपनि बलको आकार, बल फ्याँक्ने तरिका, ग्लोब,ब्याट आदिमा अलिकति फरक छन् । म आउँदा ब्लगमा सफ्टबलको बारेमा पनि अपडेट गर्ने कोशीस गर्नेछु ।

Himalayan Fair Nepal 2011,Tokyo

July 31, 2011

Date: August 6th and 7th
Place: Hibiya Park

Updated…

आगामी एन आर एन जापान कस्तो हुनुपर्छ ?

July 31, 2011

एन आर एन जापानलाई वास्तबमा एउटा अशल नेतृत्व भएको व्यक्तिको खाँचो छ । र,त्यसमा पनि राम्रो टिमवर्क भएको सदस्यहरुको आवश्क्ता छ । यस्तो टिम वर्कमा विभिन्न क्षेत्रमा काम गरिरहेका व्यक्तिहरुलाई पनि काम गर्ने मौका दिनुपर्छ । नेपालको विकाशको लागि टेवा पुराउने काम गर्ने हो भने जापानमा रहेका ब्यसाहिहरु,लगानिकर्ताहरु,प्राविधिक क्षेत्रका ब्यक्तिहरु मिलेर केहि सिर्जनसिल काम गरेर उदाहरुण बन्न जरुरी छ । (read more)

मेरो नाँच हेर्ने होईन त ?(僕の踊り見ませんか?)

July 24, 2011

माछि माराना हो दाई हो …………..
स्थान:तोगासि गिन्जा,टोक्यो

टोक्योमा च्यारिटि शो(子ども達のためコンサート)

July 14, 2011

पोहोर शाल अोक्टोबरतिर जापानी विध्यार्थीहरुको ब्याडद्वारा नेपाली बालवच्चाहरुको लागि टोक्योमा च्यारिटि शोको आयोजना गरिएको थियो । जिन शिल ब्यान्ड प्रमुखका साथ गरिएको कन्सर्ट सहयोगको लागि मात्र थिएन कि संगितको माध्यमले शान्तिको सन्देश फैलाउनको लागि उक्त ब्यान्डले विभिन्न ठाउँमा कर्न्सट गरि जापानि युवाहरुलाई मनोरन्जन दिने काम पनि गर्दो रहेछ । भिडियोको पहिलो भागमा विचबिचमा नेपाली साथीहरुको छोटो अन्तरवार्ता पनि राखेको छु । कृपया तलको भिडियो हेर्नुहोला ।

पहिलो भाग

दोश्रो भाग

सुनामी प्रभावित क्षेत्र ‘ईवाते प्रिफेक्चर’(岩手県陸前高田市)

July 14, 2011

साथीहरुसँग सुनामी प्रभावित क्षेत्र भोलियन्टर गर्न जाने मौका पाएँको थिएँ । त्यसबेला खिचेको भिडियो हो यो । 岩手県の陸前高田にボランティアで行ったとき撮影した動画です。どうぞ見てください。ガレキがまだまだたくさんありました。みんなでバスで行っていたので景色がきれいでした。

मिनी म:म पार्टी

September 11, 2010

केहि हप्त्ता अघि शनिवारका चारजना भेला भएर म:म पकाएर खाएका थियौं । म,ईन्दिरा,कबिता दिदी र दिपक भिनाजु । मलाई त म:म बनाउन आउदैनथ्यो । दिपक भिनाजुलाई म:म बनाउन आउनेभएकोले प्राया सबै उहाँलेनै बनाउनुभएको थियो । निकै स्वादिष्ट थियो म:म । नेपालमै खाएजस्तो लाग्यो । मैले बनाउने तरिका केहि मात्रमा सिक्ने मौका पनि पाएँ । अन्त्यमा खिर पनि खायौं । खिर पनि सँाच्चै मिठो थियो । जति खाएपनि खाउँ खाउँ लाग्ने ।

त्यस दिन डिजिटल क्यामाराले भिडियो खिचेंको थियो। भिडियो तल हेर्न सकिन्छ ।

टोक्योमा नेपाल फेस्टिभल २०१० सम्पन्न

August 16, 2010

जुलाई ३१ र अगष्ट १ तारिका दिन टोक्योको हिबिया पार्कमा दुई दिने चौथौं पटकको नेपाल फेस्टिबल सम्पन्न भयो । अघिल्लो वर्ष दुई दिननै हेर्न गएको थिएँ भने यसपाली दुईदिननै भोलियन्टर काम गरें । गर्मी मौसमको चर्को घाम भएपनि उपस्थिको संख्या भने धेरैनै थियो । मैले पनि केहि नयाँ साथीहरु चिन्ने मौका पाएँ । गर्मि भएतापनि रमाईलो अनुभव भयो ।

Nepal Festival 2010

July 26, 2010

टोक्यो या यसको वरिपरि हुनुहुन्छ भने जाने मौका नगुमाउनु होला ।

この機会にネパールへのショートトリップを楽しんでみてはいかがですか!!

Date and Venue ( 開催日時 )
2010年7月31日(土)10:00 — 19:30
2010年8月01日(日)10:00 — 17:30
会場
Hibiya Park ( 日比谷公園大噴水広場と音楽館 )

Details ( 詳細はこちら )→ http://www.nepalfestival.jp/

ब्लग अपडेटमा ढिला………..

July 26, 2010

दुई महिना जति भएछ ब्लग अपडेट नगरेको पनि । शनिवार आईतबार बिदा भएपनि ब्यस्तनै रहें । लगातार ड्राईभिङ् स्कुल गएँ यस बिचमा । अब ड्राईभिङ स्कुलको सकिन लागेको छ । र, अन्तिम परीक्षा दिदैं छु । यसै बिचमा सफ्ट भलको क्लबमा पनि छिरें । शनिवारनै हुने हुनाले महिनामा एक-दुई दिन जति त्यतै जान्थें । ड्राईभिङ् र सफ्टबलको नयाँ अध्यन र अनुभव लिएँ । अबदेखि थोरै भएपनि नियमित रुपमा ब्लग अपडेट गर्दै जानेछु ।


Follow

Get every new post delivered to your Inbox.