माचुसिमाको भ्रमण

November 8, 2009 by administrator

写真५ बिदाको सदुपयोग गरि हिजो शनिवार म माचुसिमा घुम्न गएको थिएँ। मियागि प्रिफेक्चरमा पर्ने माचुसिमा भन्ने ठाँउ सेन्दाईबाट नजिकै रहेछ। सेन्दाईमा केहिसमयसम्म रहेन हुनाले काम गर्ने सँगैका साथीहरुले मलाई माचुसिमा एकपटक घुम्न जानै पर्ने बताए। तर असाध्यै सुन्दर रहेछ। जापानमा सुन्दर प्रकृतिक रमणिय स्थहरुमध्य तेस्रोमा पर्दोरहेछ।

हिजोको दिन  मौसम धेरै राम्रो थियो। त्यसैले पनि होला माचुसिमा घुम्न जाने मानिसहरु पनि धेरै देखिन्थे। मन-मन्दिहरु पनि पूराना र एतिहासिक थिए। समुन्द्र पनि सफा थियो। फेरि(पानि जाहाज) चढेर टापुहरु घुम्ने मानिसहरु पनि थुप्रै देखिन्थे। यसपाली एक्लै थिएँ। श्रीमतिसँग भएको भए झन् रमाईलो महशुस हुन्थ्यो होला।

रेस्टुराँहरु पनि धेरै थिए। सेन्दाई त गाईको जिब्रो र खाकिको लागि जापानमानै प्रख्यार रहेछ। गाईको जिब्रोलाई जापानिज भाषामा ‘गिउ तान’ भनिन्छ। खागि(जुन जापानिज शब्द हो) चाहिं शंके किरा जस्तै आकारको हुन्छ। तर शंके किरा भने होईन। खाकि शब्दको उच्चाहरण जापानिज भाषामा अर्को अर्थको पनि लाग्छ। नेपालीमा भन्नुपर्दा हलुवाबेदको अर्थ आउँछ। जुन अघि मैले कुरा गरेको खाकि चाहिं समुन्द्रमा पाईन्छ। खाकि पनि गिउतान पनि खाने तरिका बिभिन्छ छन्। पोलेर, उसनेरे या काँचै खाईन्छ। र अरु खानेकुराहरुसँग पनि मिसाएर पनि खाईन्छ। मैले पनि यी दुबै खानेकुरा खाएको छु। मलाई पोलेको नै मन पर्छ। जसलाई जापानी भाषामा याकी भनिन्छ। तर मलाई काँचै भने मन पर्दैन। जापानीहरु खानेकुराहरु काँचै खानामा बानि परेका छन्। तर हामी नेपालहरु काँचै खाने बानि छैन।

सागर सरि चोखो माया

November 7, 2009 by administrator

ふくおか市政だより 7月15日号 南区版 (2005年)

October 25, 2009 by administrator

ふくおか市政だより 7月15日号 南区版
発行:南区役所企画課 電話559−5017

留学生がネパールを紹介
「博多にわか」が縁で国際交流
塩原公民館

六月四日、学校週五日制事業「わくわくキッズクラブ」が塩原公民館で開かれ、小学生二十人が参加しました。今回は国際交流をテーマに「ネパールはこんな国」と留学生のハリ・バハドゥル・パハリさん(二四)ら三人が講師を務めました。ハリさんは二年前、福岡に来て手続きに訪れた南区役所で、塩原小学校や公民館で博多にわかを教えている梅木繁良さん(七〇)と出会いました。

日本の文化に興味があったハリさんは、梅木さんに博多にわかを習い練習を重ね、博多にわかの大会で新人賞を受賞、梅木さんとのコンビでテレビにも出演しました。この二人が続けてきた親交が縁で、塩原校区では夏まつりでネパールを紹介するなどの交流が始まり、今回の講座が開かれることになりました。開講一番「ナマステ(こんにちは)」と両手を合わせネパール語であいさつするハリさん。子どもたちと一緒に世界地図や写真を見ながらネパールの場所や国の大きさ、気候、エベレスト山などの話をした後、ネパールの民謡に合わせた踊りも披露しました。

最後に子どもたちは、鶏肉やニンニク、たまネギ、トマトなどの材料で作ったカレーを留学生と一緒に会話をしながら食べて講座を終えました。「カレーは少し辛かったけど肉がいっぱいでトロトロしておいしかった。ネパールのことを聞けてよかった」と笑顔で話してくれたのは下條愛美さん(塩原小六年)。同公民館の田村猛館長は「今回、身近な人の縁で国際交流の講座を開くことができました。今後も縁を大切にふれ合える講座を企画したい」と抱負を話していました。

Source: http://www.city.fukuoka.lg.jp/download/159105382455.txt

外国人学生が語る『ふるさとの街と福岡』09年1月15日(木)

October 25, 2009 by administrator

第33回 1月15日(木) 語り手 ハリ バハドゥル パハリさん(ネパ-ル,ポカラ出身)

ハリさんは、九州産業大学工学部で電気情報工学を学んでいます。
故郷はネパールのポカラ。風光明媚な観光地で「外国人観光客がたくさん来ます」
彼によると、福岡はそのポカラになんとなく似ているそうです。福岡に対して親近感をお持ちなのは、故郷のイメージと重なるからでしょう。
来福して苦労したことは言葉、特に方言の理解だったそうです。
例えば、物を片付ける際に使う「なおす」という表現。アルバイト先で食器洗いをしていて、この言葉で指示を受けた際、えらくとまどったとか。  「大学 に入る前は日本語学校で日本語を勉強しました。でも、そこでは標準語しか習わなかったから、博多弁はわかりませんでした」
むずかしい方言の理解に役立ったのが“博多にわか”でした。ある日、区役所に行こうとして道に迷い、通りがかりの男性にたまたま場所を尋ねたら、その人 が“博多にわか”の愛好会会員でした。その出会いが縁で“博多にわか”の勉強をするようになり、博多弁もにわかに上達したそうです。
当日はお面をつけ、(「新雪」と「親切」を掛けた)自作のネタも披露してくれました。
今春には卒業し、日本の電機メーカーへ就職する予定です。将来は帰国して、母国の発展に尽くしたいとのこと。
福岡の地で培った知識・技術はもちろんとして、“博多にわか”で磨いたユーモア精神が、彼の今後の活躍に大いに役立ってほしいと思います。

Source: http://attaka-fukuoka.jp/topics/

ितहारको शुभकामना!!

October 18, 2009 by administrator

दशैं आयो,गयो। लगत्तै तिहार पनि आएको छ। अनि नरमाईलो लागेको छ। विदेशीएको पनि सातौं वर्ष भैसकेछ। जहिले दशैं र तिहार आउछ अनि घर-परिवार,साथीभाई र आफ्नो देशको याद आउँछ। के गर्ने विदेशको ठाउँमा काम गर्न आएपछि भनेको बेलामा घरमा जान पाँईदो रहेनछ। यसपालीको दशैं र तिहारमा सारै खल्लो लागेको छ,अघिल्ला वर्षहरुभन्दा पनि। अर्को वर्ष त बिदा मिलाएर जाने योजना बनाएको छु। हेरौं कत्तिको समय मिल्छ।

हिजो बेलुका यसपालीको तिहारको सम्झनामा फोटोहरुबाट भिडियो बनाएँ। फोटाहरु श्रीमतीका भाईबहिनिले पोहोर शाल तिहार मनाउँदाका हुन्। उनीहरुले सिडि बनाएर पठाईदिएका थिए। तल हेर्नुहोला।

नेपालको भविश्व युवा माथि

October 13, 2009 by administrator

म आफ्नो ब्यक्तिगत ब्लगमा प्रया आफ्नै कुराहरु मात्र लेख्छु। तर आज फेरि देश र भविश्यको बारेमा केहि कुरा लेख्न मन लाग्यो।

हुन त देशको भविश्यको बारेमा बिभिन्न मानिसहरुका बिभिन्न विचारहरु हुन्छन् । तर, अहिलेको बिग्रदो अवस्थामा रहेको हाम्रो देश नेपाललाई साच्चिकै युवाहरुको खाँचो छ। युवाहरुलेनै देशको भविश्वलाई विकाशको मुल दिशातर्फ लैजान सक्छन् जस्तो लाग्छ।

२०४६ सालको पहिलो जनआन्दोलन यता पनि देशमा खासै विकाशका लहरहरु देखिएन। कुर्सिका लागि त छाँड र म छाँडनै गरेर बर्षै बिताए नेताहरुले। नेपाली कांग्रेसले जनतालाई भुलाउने काम मात्र गर्यो । उता मावोबादीले  भुमिगत भएर देशलाई तहस नहस गरायो। तर,एक अर्थमा गणतन्न्र ल्याउनमा मावोबादीले दलहरुलाई  एकिकृत गराए पनि जनाताहरुलाई आँखामा धुलो हाल्ने काम मात्र गरेको देखियो। एमालेको त कुरानै नगरौं। बोलिको ठेगानानै छैन। आफ्नो अडिक बिचार नभएको, निर्णायक राजनिति धाराणा नभएको ।

अहिले पनि नेपालको राजनिति नेताहरुमा युवाहरुको संख्या कमनै छ। सबै बुढा नेताहरु मात्रै छन्। अझैपनि कुर्सिका लागि लडिरहन्छन्। देशको विकाश र जनताको मायानै छैन जस्तो छ। उनिहरुनै सरकारको बजेटमा विदेशतिर घुमेर मस्ति गर्दैछन्। थुक्क लाज लागेर आउन पर्ने। साच्चै भन्ने हो भने देशको माया भएको भए, हृदयदेखिनै देशको विकाशको कामको लागि पर्थे होलान् नि! युवाहरु विदेश जाने क्रम बढेका बढै छन्। अनि कसरी पावोस देशले जनशक्ति?

त्यसैले नेताहरु एकपटक गहिरिएर सोचौं, देश बनाउन युवाहरुलाई पनि सामेल गराउनुहोस्। तपाई वुढा नेताहरु एक-आपसमा झगडा नगर्नुहोस् । नेपालको भविश्वनै युवाहरुको काधमाथि छ।

तिन दिनको बिदा पछि

October 12, 2009 by administrator

अस्तिदेखि लगातार तिन दिन बिदा थियो। शनिबार,आईतबार अनि राष्ट्रिय बिदा। बिदा चाँढै बित्दो रहेछ। तर यो तिन दिनको बिदा कोठाको लागि आवश्वक्ता पर्ने सर-सामानको किनमेल र नेपाल पठाउने कागजपत्र बनाउनमानै बित्यो। वरिपरि किनमेल गर्ने सुपरमार्केटहरु नभएपछि अल्लि टाढा पर्ने पसलहरुमा किनमेल गर्न जानैनै पर्यो। अनि त समय लागिहाल्छ नि। अनि नेपाली साथीहरु कोहिपनि नभएकाले अस्ति म  स्टेशन वरिपरि र ईन्टरन्याशनल सेन्टरमा गएको थियो। ईन्टरन्याशनल सेन्टरमा केहि  नेपाली बिध्यार्थी साथीहरु भेट भए। भेट हुदाँ खुशीनै लात्यो।

写真(2)यो फोटो मैले अस्ति बेलुकि पख खिचेको हो। बेलुकि पख सेन्दाई स्टेशन वरिपरि निकै रमझम हुँदो रहेछ। त्यसबेला मलाई फुकुवोकाको याद आयो। तेन्जिन र हाकातामा पनि यस्तै रमझम हुन्थ्यो। मिल्दोजुल्दो रहेछ। तर टोक्यो भने मान्छे धेरै भएकोले भिडले गर्दा अल्लि अप्ठ्यारो महशुस हुन्छ। सेन्दाई स्टेशन शान्त पनि छ। हिजो र आज पनि किनमेल र कागजपत्रको झमेलामा बित्यो। खासै कहिंपनि घुम्न पाईएन तर अस्ति गएको इन्टरन्याशन सेन्टरबाट भ्रमण स्थल गर्ने सुन्दर ठाँउहरु बारेमा सुचना र केहि पमफ्लेटहरु पाँए।पछि बिस्तारै समय मिलेको खन्डमा घुम्नेछु।

धेरै समयपछि लामो दुरीको साईकलबाट भ्रमण गरे हिजो मैले। त्यसैले थाकेको थिएँ। सेन्दाई स्टेशनसम्म जान्छु भनेर हाकिंएको थिएँ तर टढा र थाकेको महशुसले बिच बाटोबाटनै फर्कें। म सेन्दाई जानको लागि रिकुजेनथाकासागो भन्ने स्टेशनबाट चढ्न पर्ने हुन्छ। त्यहाँसम्म म साईकलबाट जान्छु। करिब कोठाबाट बिस मिनेट लाग्छ। अनि त्यहाँबाट रेलमा पन्ध्र मिनेट लाग्छ।

写真(3)दाहिनेको फोटो भने सेन्दाई स्टेशनको आकाशे पुलबाट खिचेको तस्बिर हो। यो पनि अस्तिको दिन मोबाईलबाट खिचेको हो। त्यसैले क्वालिटि राम्रो नआएको हुन सक्छ।

अाज बेलुकिको खाना मैले सलाद र चाउचाउ बनाएर खाएँ। तस्बिर तल हेर्नुहोला।

写真 2(3)

हिजो याकि सोबा,आज करि

October 12, 2009 by administrator

写真 म लियोपालेस २१ मा अझै करिब डेढ महिना जति बस्ने छु। भलै बिचबिचमा टोक्यो फर्किएतापनि यहाँ बसिन्जेल समय भएसम्म आफैले पकाएर खानेछु।  बाहिर खाएर साध्य पनि हुदैन। यो होटेल होईन, घर जस्तै हो। पहिलेनै कोठामा आवश्कत पर्ने जति सामानहरु  राखिएका हुन्छन्। किचन छ, जुन होटेलमा हुदैन। ईलेक्ट्रिल स्टभ छ,फ्रिज,वासिङ मसिन,कुर्चि,टेबल,टिबी,बिस्तारा,दराज आदि आदि। त्यसैले त मैले आफैले पकाएर खादैछु। बिहान हल्का खाना र दिउसो अफिसमानै खाना खाईन्छ। मलाई बनाउन पर्ने भनेको बेलुका र बिदाको बेलामा मात्र हो।

हिजो मैले याकि सोबा(दाहिने पट्टि),अन्डा फ्रआई पकाँए। आफुले पकाको त मिठो भैहाल्छ नि !

आजकल मलाई आफैले पकाएर खान मन लाग्छ। पहिला पहिला खुब अल्छि लाग्थ्यो। फेरि समय पनि हुन्थेन नि त। कि काम कि त कलेजमानै हुन्थे। अहिले अफिसबाट फर्केर आएर समय हुन्छनै। पहिलाको जस्तो हतार हतार पनि हुदैन। एक किसिमले कम्पनिमा काम पाएर राम्रो पनि भको ठान्छु।

टोक्योमा हुदाँ प्रायजसो श्रीमतिलेनै पकाउँथिन्।  म त कहिलेकहिं र बिदाको दिन मात्र त हो । आज अल्लि ब्यस्त भएको कारणले करि बनाँए। तलको फोटो हर्नुहोस्। बन्दा आलुको करि हो। अनि तल र माथीका  दुबै खानाहरु मिठो जस्तो देखिएका छैनन् त?

写真 2

सेन्दाईमा

October 6, 2009 by administrator

म अहिले सेन्दाईमा छु। म यहाँ कम्पनिबाट प्रशिछ्यार्थी रुपमा आएको हो। मेरो लागि सेन्दाई पहिलो पटक अनि नितान्त नौलो ठाँउ हो। हुन त म डेढ वर्ष पहिला यहाँबाट पश्चिमा पर्ने फुकुसिमा भन्ने ठाँउमा एकपटक आईसकेको छु। त्यो बेला जाडोको मौसम थियो।

सेन्दाई जापानको पुर्वको उत्तर भेगमा पर्छ। टोक्योबाट सिन्कानसेन(बुलेट ट्रेन)मा करिव डेढ घन्टा जति लाग्छ। खासै टाढा पनि होईन। यो ठाँउमा खानेकुरामा गाईको जिब्रो मिठो छ भन्ने ठाँउमा चिनिदो रहेछ। हामी गाईको मासु नखाने नेपालीहरुलाई सुन्दात सुरुमा अचम्म त लाग्छ नै। अनि सेन्दाईमा प्रख्यात विश्वबिध्यालय तोहोकु विश्वबिध्यालय छ,त्यसैले यो ठाँउ पढाईको लागि पनि राम्रो छ भनेर भनिदोँ रहेछ।

म बिहान नै बजेको सिन्कानसेनमा हिडेँको हुँ। सोँचे भन्दा अलि चाँडैनै आईपुगें। मेरो बसाँईको लागि सबै बन्दोबस्त गरिसकेको रहेछ। मलाई सिकाउने,ट्रेनिङ् दिने बोस पनि राम्रै खालको मान्छे हुनुहुँदोरहेछ। म बस्ने कोठा राम्रो अनि सफा छ। यो लियोपालेस २१ भन्ने कम्पनिले भाडामा दिने गर्छ। धेरै राम्रो सर्भिस छ यसको। त्यसैले यो कम्पनि नाफामा गएका कम्पनि मध्यमा पर्छ। तर,म बस्ने ठाँउ एकदम सुनसान छ। यहाँ वरिपरि ठुलाठुला कारखानाहरु मात्रै भएका देखिन्छन््। म  भोलिदैखि लिने प्रशीक्षण पनि जापान अनि विदेशमा पनि  नाम चलेको फलाम उत्पादन गर्ने कारखाना हो। वरिपनि सुपरमार्केट अनि किनमेल गर्ने दोकानहरु रहेनछन्। अल्लि टाढा पर्दा रहेछन्। तर, २४ घन्टा चल्ने कनभिनियन्स स्टोर भने करिब दश मिनेट हिड्ने बाटोमा पर्दो रहेछ। आवश्वक पर्ने सबै थोक रहेछन््। अचम्म त मलाई के लग्यो भने त्यो कन्भनिमा त बसेर खाने टेबल कुर्चिहरुपनि रहेछन्। सुविधाजकनै रहेछ।

यहाँ बसिन्जेलको समयमा आफूले सिक्न आएको जे कुरा हो त्यो पहिले पुर्ण गर्ने लक्ष्य छ मेरो। अनि यसका साथै बिदाको समयको मैका मिलाई सेन्दाईका रमणिय स्थलहरु घुम्ने विचार गरेको छु। पछि यहाँको स्थलगतको जानकारी या अनुवभ बटुलेमा फरि ब्लग अपडेट गर्दै जानेछु।

भर्चुअल टिका ग्रहण

September 29, 2009 by administrator

हिजो हामी हिन्दु नेपालीहरुको महान चाड दशैं। शोमबार अफिस भएपनि बेलुकी दशैंलाई आत्मासथ गरेर घरमानै मनाईयो। सात समुन्द्र पार भएर,घर-परिवार,साथीभाईहरुसँग टाढा भएर पनि हामीलाई अलिकति नरमाईलो भयो। तैपनि म र श्रीमति  ईन्दिरा भएर मनायौं। अघिल्लो दिन आईतबार नाता पर्ने दिदि-भिनाजुसँग नेपाली खाना खाएर रमाईलो गर्यौं।

बेलुकी पख हामी वेबमा घरपरिवारसँग कुरा गर्यों अनि भर्चुअल टिका ग्रअण पनि गर्यों। घरका सबै परिवारहरु हामी टिका लगाएको वेबबाट देखेर सार्यै खुशी हुनुहुन्थ्यो। अझ आमा त नेपालमानै सँगै बसेरे दशैं मनाएको जस्तो भयो भन्दै हुनुहुन्थ्यो। दिदि,बहिनि अनि योजनासँग पनि कुरा भयो। घरमा टिका थाप्न आउनुभएका अरु आफन्तहरुसँग पनि वेबबाट कुरा गर्ने मैका मिल्यो। ज्यदै रमाईलो भयो। धन्यबाद छ यो कम्प्युटर विकाशको प्रविधिलाई पनि।