बिच कनर्सट जाँदा…….

By administrator

जापान आएर पहिलो अनुभव थियो यो कनर्सट जुन नोकोनो सिमामा भएको थियो।नोकोनो सिमा(Nokono Island)पनि मेरो लागि पहिलो पटकनै थियो।चारजना भएर गयौं। साथी सन्तोषले टिकट मिलाएको गएका हौ।चार हजारको टिकट किन्न पर्नेभएको भए म जान्थिन होला सायद।त्यसैले साथी सन्तोषलाई मैले धन्यबाद दिनै पर्छ। बिदेशीहरुले आयोजना गरेको यो कन्सर्ट एकदम बिदेशी बातावारण देखिन्थ्यो।एकछिन त म अचम्म पनि भए।त्यसबेला जापान जस्तो पनि लागेन एकछिन त।अनि मलाई पोखराको याद पनि आयो।हामी साथीहरु पोखारामा कनर्सट हुदाँ हेर्न जाने गर्थौं।प्राय फेवाताल नजिकको बासुन्धार पार्कमा हुने गर्थौ। मलाई त्यस्तै अनुभव भयो यो दिन पनि।साथी सन्तोष,रमेश दाई र सन्तोषको साथी माना धेरै रमाईला र बेला बेलामा जोक र हसाँउने कुरा गर्थे।माना केटि भएकि भएपनि माईन्ड गर्दिनथि।बिच भलिबल पनि खेलौं।कनर्सट सुन्दै,नाच्दै बियर पिउँदै एकछिन त सबै बिर्सेर रमाईलो अनुबभयो।सायद जापान आएर रमाईलो दिन मध्यको एक थियो।

(click here for more videos)

 

Tags: ,

Leave a Reply