पहिलो पटक बेस बल खेल हेर्न गएँको थिएँ, टोक्यो डोममा । हुन त फुकुवोका बस्दा हेर्ने मौका भने नआएका होईनन् तर जहिलपनि काम गर्नुपर्ने हुँदा सित्तैमा टिकट पाएपनि जानसक्ने स्थिति भने थिएन । यसपाली सँगै काम गर्ने सिनियरहरुसँग टोक्यो डोम जाने मौका पाएँ । हामी मियाजाकीको तर्फबाट जाएन्ट(क्योजिन)टिमलाई सपोर्ट गरेका थियौं । र जायन्टले बिजय हाँसिल पनि गर्यो । रमाईलो हुँदोरहेछ सबै साथीहरुसँग बसेर हेर्दा ।
एउटा भिन्दै नौलो अनुभब लिईयो । डोम भित्र छिर्दा सबैजना टिकट लिएर एकदम अनुशासित र नियम बमोजिम लगाम लागेर बसेका थिए । सुरक्षाकर्मीहरुले पनि आफ्नो कर्तब्य अनुसार सुरक्षाको लागी सबैलाई चेक गर्दथे । नेपालमा बिरललै खेलिने बेसबल मेरो लागि एउटा नयाँ रुचिको विषय बन्यो । हुन त म बिगत एक वर्षदेखि कम्पनिकै सफ्टबल क्लबमा रहेर कहिलेकहिं सफ्टबल खेल्न जाने गर्दछु । यी दुबै खेल उस्तैउस्तै देखिएपनि बलको आकार, बल फ्याँक्ने तरिका, ग्लोब,ब्याट आदिमा अलिकति फरक छन् । म आउँदा ब्लगमा सफ्टबलको बारेमा पनि अपडेट गर्ने कोशीस गर्नेछु ।







